शेयर बजार बढेसंगै पाँच कम्पनीको शेयरमा सकरात्मक सर्किट
वि.सं.२०७९ पुस ११ सोमवार १५:४५
shares

काठमाडौं, ११ पुस । सोमबार नेप्से परिसुचक ५६ दशमलव ८६ अंकले बढेको हो । आज नेप्से परिसुचक ३ दशमलव शुन्य ५ प्रतिशतले बढेर १९२४ दशमलव शुन्य ७ को विन्दुमा पुगेको छ ।
जसबाट आज भएका सम्पूर्ण कारोबार रकम २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९ सय ४१ पुगेको छ । लामो समयबाट १ अर्ब पनि नकाटेको शेयर कारोबार आज भने एकैचोटी २ अर्ब पुगेको हो ।
आज सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको २० करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
हिमालयन डिष्टिलरीको ११ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ९ करोड ११ लाखको शेयर कारोबार भएको छ ।
आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा धेरै गोखार्ज फाइनान्सको शेयर बढेकोे छ । कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।
त्यस्तै, धाैलागिरि लघुवित्त, खप्तड लघुवित्त, सृजनशील लघुवित्त, रिलायन्स फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।








