विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लाले शेयर बजारमा आयो व्यापक सुधार

1.58K
shares
Krishi Bikas Bank

काठमाडौं, ११ पुस । साताको यो पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले सुधार आएको छ । सोमबार नेप्से परिसुचक ५६ दशमलव ८६ अंकले बढेको हो । आज नेप्से परिसुचक ३ दशमलव शुन्य ५ प्रतिशतले बढेर १९२४ दशमलव शुन्य ७ को विन्दुमा पुगेको छ ।

अघिल्लो सातासम्म १८ सयको विन्दुमा रहेको शेयर बजार यो साता भने १९ सयको विन्दुमा आएको हो ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ३८ अंकले बढेको छ । आज भएका ३८ हजार ५ सय ५३ कारोबारबाट २५० कम्पनीका ५६ लाख ५३ हजार ५५ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएका सम्पूर्ण कारोबार रकम २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९ सय ४१ पुगेको छ । लामो समयबाट १ अर्ब पनि नकाटेको शेयर कारोबार आज भने एकैचोटी २ अर्ब पुगेको हो ।


Krishi Bikas Bank
franklin 1200*150