मेगा बैंकको कामु सीईओमा तुल्सिराम पोखरेल
वि.सं.२०७९ पुस ११ सोमवार १२:३९
1.43K
shares
shares

काठमाडौं, ११ पुस । मेगा बैंक नेपाल लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सिराम पोखरेललाई नियुक्त गरेको छ ।
बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठले आफ्नो पद तथा सेवाबाट राजीनामा दिएपछि पुस ७ गतेको सञ्चालक समिति बैठकले रिक्त पदमा वरिष्ठ नायब महाप्रबन्धक पोखरेललाई नियुक्त गरेको हो ।
उनलाई पुस ९ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने कम्पनीले निर्णय गरेको नेप्सेमार्फत जानकारी दिइएको छ ।








