नवनियुक्त प्रधानमन्त्रीमा प्रचण्डको शपथ आज

1.32K
shares
Krishi Bikas Bank

काठमाडौं, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पद तथा गोपनीयताको शपथ लिदैछन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह सोमबार अपराह्न ४ बजेका लागि आयोजना गरिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ । सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिने बताइएको छ ।


Krishi Bikas Bank
franklin 1200*150