बुटवलका डीएसपी ठगबहादुर पक्राउ

2.09K
shares
Krishi Bikas Bank

काठमाडौं, ११ पुस । रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अवैध सुनसहित निवासबाटै उनलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुखसमेत रहेका केसीले सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुलेको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ । सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न सीआईबीको टोली बुटवल पुगेको थियो । बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको गुनासोपछि प्रहरी प्रधान कार्यालयले सीआईबीको टोली पठाएको बताइएको छ ।


Krishi Bikas Bank
franklin 1200*150