मादमे खोला हाइड्रोपावरले आईपीओ जारी गर्दै, क-कस्ले आवेदन दिन पाउने ?
वि.सं.२०७९ पुस ११ सोमवार १०:०६
shares

काठमाडौं, ११ पुस । मादमे खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारितका लागि पुस २९ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको पुस ७ गतेको सञ्चालक समितिको बैठकले हार्दिक होटल, बागबजार, काटमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आईपीओ निष्कासनको प्रस्तावसँगै गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।
कम्पनीको सञ्चालक समितिमा एक जना अनिवार्य महिला सदस्य रहने गरी कम्पनीको नियमावली संशोधन गर्ने विषय पनि सभाका लागि तय भएको छ ।








