पत्रकार महासंघ एसोसिएट प्रदेशले ‘१२ महिना, १२ कार्यक्रम’ सञ्चालन गर्ने

1.85K
shares
Krishi Bikas Bank

काठमाडौं, ६ पुस । नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिले १२ महिना, १२ कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । समितिको मंगलबार काठमाडौंमा बसेको बैठकले विधागत पत्रकारहरुको क्षमता अभिवृद्धि र वृति विकासका लागि ‘१२ महिना, १२ कार्यक्रम’ सञ्चालन गर्ने निर्णय गरेको हो ।

यो अभियान पुस महिनाबाटै सुरु हुने समितिका अध्यक्ष वैकुण्ठराज पराजुलीले जानकारी दिए । उनका अनुसार हरेक महिना पत्रकार महासंघमा आवद्ध एक संस्थासँग मिलेर कार्यक्रम आयोजना हुनेछ । पत्रकार महासंघमाहाल १२ वटा एसोसिएट संस्थाहरु छन् । ति १२ वटै संस्थाहरुसँग १२ महिना छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिने अध्यक्ष पराजुलीले बताए ।

‘खेलकुद पत्रकार संघसँग एउटा कार्यक्रम गर्यौ भने अर्को महिना चलिचित्र पत्रकारसँग मिलेर कार्यक्रम आयोजना गर्छौ’ उनले भने, ‘हामीसँग एसोसिएट १२ वटा संस्थाहरुसँग हामी १२ महिनामा १–१ वटा कार्यक्रम आयोजना गर्नेर्छौं ।’ यो अभियानलाई केन्द्रीय समितिले पनि सकेको सहयोग गर्ने केन्द्रीय सचिव पवन आचार्यले बताएका छन् । एसोसिएट तर्फका केन्द्रीय सदस्य विकास कार्कीले पनि प्रदेश समितिले राम्रो योजना ल्याएको भन्दै सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।


Krishi Bikas Bank
franklin 1200*150