एक महिनामा बैंकहरुको नाफा ३४ प्रतिशतले वृद्धि
वि.सं.२०७९ पुस ६ बुधवार १०:१७
shares
फाइल तस्विर
काठमाडौं, ६ पुस । वाणिज्य बैंकहरुले एक महिनाको अवधिमा ३४ प्रतिशत नाफा आर्जन गरेका छन् । बैंकहरुले असोज महिनाको तुलनामा कात्तिक महिनामा ३४ प्रतिशतले नाफा बढाएका हुन् ।
कात्तिक महिनामा वाणिज्य बैंकहरुको नाफा २४ अर्ब ५३ करोड ८० लाख पुगेको छ । असोज महिनामा भने बैंकहरको नाफा १८ अर्ब ३१ करोड २० लाख रहेको थियो । यो २५ वटा बैंकको विवरण हो । यो अवधिमा प्रभु बैंकले भने विवरण पेस गरेको छैन् । विवरण सार्वजनिक गरेको बैंकमध्ये ६ वटाको नाफा अर्बभन्दा बढी रहेको छ ।
कात्तिक महिनामा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ भने सबैभन्दा कम कृषि विकास बैंकको रहेको छ । नबिलले कात्तिकसम्म २ अर्ब ३५ करोड ७९ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बढी नाफा आर्जन गर्ने बैंकमा दोस्रो स्थानमा एनआईसी एशिया बैंक रहेको छ भने ग्लोबल आइएमई बैंक तेस्रो स्थानमा रहेको छ । एनआईसी एशिया बैंकले २ अर्ब २२ करोड ७८ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने ग्लोबल आइएमई बैंकले १ अर्ब ७५ करोड ४९ लाख ६० हजार नाफा आर्जन गरेको छ ।
विवरण अनुसार नेपाल बैंकको नाफा ९५ करोड ९४ लाख २० हजार, राष्ट्रिय वाणिज्य बैंकले ९२ करोड ६८ लाख २० हजार, हिमालयन बैंकले ८३ करोड ५१ लाख ७० हजार, नेपाल एसबिआई बैंकले ८२ करोड ७८ लाख, बैंक अफ काठमाण्डूको ४५ करोड ३२ लाख र एनसीसी बैंकले ७२ करोड ६७ लाख रहेको छ ।
त्यस्तै माछापुच्छ्रे बैंकको ५९ करोड ५८ लाख ८० हजार, लक्ष्मी बैंकको ६५ करोड ६८ लाख १० हजार, सिद्धार्थ बैंकको ६७ करोड ४१ लाख २० हजार, कृषि विकास बैंकले ३१ करोड ८५ लाख ५० हजार, सिटिजन्स बैंकले ७० करोड ४९ लाख ३० हजार, सनराइज बैंकले ३७ करोड ६१ लाख ३० हजार रुपैयाँ नाफा कमाएका छन् ।
त्यस्तै मेगा बैंकले ७६ करोड ९२ लाख २० हजार, सिभिल बैंकले ५६ करोड ९ लाख ८० हजार, सेञ्चुरी बैंकले ४४ करोड ७ लाख ३० हजार र सानिमा बैंकले ७८ करोड ७४ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक १ अर्ब ५२ करोड ६२ लाख १० हजार, एनएमबि बैंक १ अर्ब ३० करोड ८४ लाख १० हजार, कुमारी बैंकले १ अर्ब २५ करोड ७७ लाख ३० हजार, प्राइम कमर्सियल बैंक १ अर्ब २५ करोड ५१ लाख ५० हजार, एभरेष्ट बैंकले १ अर्ब १५ करोड १४ लाख ४० हजार, स्टयाण्डर्ड चार्टर्ड बैंक १ अर्ब ८ करोड ३९ लाख ८० हजार रुपैयाँले नाफा आर्जन गरेका छन् ।








