सुनको भाउ लाखभन्दा मुनि, कतिमा हुदैछ कारोबार ?

1.52K
shares
Krishi Bikas Bank

काठमाडौं, १ पुस । एक हप्तापछि सुनको मूल्य तोलाको एक लाख रूपैयाँमुनि झरेको छ । आज (शुक्रवार) तोलाको ४०० रूपैयाँ घटेसँगै सुनको मूल्य लाखभन्दा कम भएको छ ।

गत मंसिर २३ गतेदेखि सुनको मूल्य तोलाको १ लाखमाथि रहँदै आएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९९ हजार ९०० रूपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ३०० रूपैयाँमा कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले घटेर १ हजार ३७० रूपैयाँमा कायम भएको छ । अघिल्लो दिन पनि चाँदी तोलाको १ हजार ३८० रूपैयाँमा कारोबार भएको थियो ।


Krishi Bikas Bank
franklin 1200*150