हिंसा न्युनिकरणका लागि युवा नीतिगत सम्बाद कार्यक्रम सम्पन्न

3.26K
shares
Krishi Bikas Bank

काठमाडौं, २९ मंसिर । समुदायमा रहेको लैंगिक हिंसा न्युनिकरणका लागि युवा नीतिगत सम्बाद कार्यक्रम सम्पन्न भएको छ । समाजमा विद्यमान विभिन्न लैंगिकि हिंसा न्युनिकरणका लागि युवाहरुलाई समस्या समाधानका उपाहरु पहिचान गर्नका लागि आयोजना गरिएको दुई दिने कार्यक्रम बिहीबार सम्पन्न भएको हो ।

राष्ट्रिय युवा परिषद, ओक्स्फम नेपाल्, हेल्वेटास नेपाल तथा युवालयको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा लैंगिकतामा आधारित हिंसा न्युनिकरणका लागि नेपाल सरकारले गरेका प्रायासहरु, लैंगिक हिंसा न्युनिकरणका लागि पुरुषहरुको भूमिका तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले भोगिरहेका समस्याका बारेमा व्यापक छलफल गरिएको थियो । छलफल गरिएका बिषयहरु तथा सो सम्बन्धि विषयहरुमा गर्नु पर्ने कार्यहरुका लागि युवाहरुले नै छलफल गरी १२ बुँदे घोषणा पत्र समेत तयार पारिएको छ । उक्त घोषणा पत्र कार्यक्रमा उपस्थित भएका अतिथिहरुलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमको समापन समारोह राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीको प्रमुख अथित्यता तथा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतको विशेष अथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता युवालयका अध्यक्ष सन्तोश महर्जनले गरेका थिए ।

समापन समारोहमा उपस्थित अतिथिहरु माझ सहभागि युवाहरुले आफ्ना अनुभवहरु प्रस्तुत गरेका थिए । यसका साथै १२ बुँदे घोषणा पत्र पनि युवाहरुले नै हस्तान्तरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले युवाहरुको सक्रिय सहभागिता देखेर खुशि लागेको बताइन् । साथै उनले प्रस्तुत सुझाबहरु कार्यान्वयन गर्ने समेत प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतले आफुहरु सदा युवाहरुको साथमा रहेको बताए । हिंसालाई न्युनिकरण गर्नका लागि युवाहरु एक हुन पनि आवश्यक रहेको उनको भनाइ थियो । त्यस्तै कार्यक्रमको अध्यक्षता गरेका युवालयका अध्यक्ष सन्तोष महर्जनले यस्ता कार्यक्रमहरु आगामी दिन पनि आयोजना गरिने बताए । यस्ता कार्यक्रमले युवालाई सिर्जनशिल बनाउने उनको भनाइ थियो ।


Krishi Bikas Bank
franklin 1200*150