नागपोखरीको होटलबाट युवतीसँग समातिए सिलवाल

4.17K
shares
Krishi Bikas Bank

काठमाडौं, २९ मंसिर । काठमाडौंको नागपोखरीमा रहेको एक होटलमा ‘अवैध गतिविधि’ हुने गरेको पाइएको छ । प्रहरीले बुधबार साझ होटलको कोठाबाट सिलवाल थरका व्यक्तिलाई युवतीसहित रंगेहात पक्राउ गरेको हो ।

काठमाडौंको नागपोखरीमा रहेको होटल यूफोरिया इनमा युवतीहरु लिएर केही मान्छेहरु नियमित जाने गरेको भन्दै प्रहरीमा उजुरी पुगेको थियो । उजुरी पछि प्रहरीले बुधबार छापा मा¥यो । प्रहरी पुगेर शंकास्पद कोठा ढोका ढक्काएको थियो । प्रहरीले ढोका ढक्ढकाएको निकै लामो समयपछि मात्रै एक व्यक्तिले ढोका खोले । ति व्यक्तिसँगै एक युवती पनि भेटिइन् । प्रहरीलाई ति व्यक्तिले आफ्नो नाम उमेश सिलवाल भएको बताए । तर युवतीसँगको सम्बन्ध भने खुलाउन चाहेनन् ।

प्रहरी श्रोतका अनुसार सम्बन्ध खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । ति व्यक्ति होटलका नियमित जस्तै ग्राहक हुन् । ‘उहाँ आइरहनु हुन्थ्यो, हामीले धेरै सोधीखोजी गर्ने कुरा पनि भएन’ सञ्जोक नाम बताउने होटलका कर्मचारीले भने । होटलका ति कर्मचारीको दावी अनुसार दुबै जनाको परिचय पत्रसमेत हेरिएको थियो ।

श्रीमान–श्रीमती भन्ने झुटो जानकारी टिपाएर उनीहरु कोठाभित्र पसेको होटलको दावी छ । प्रहरीले गिरफ्तार गर्दै गरेको भिडियो समेत केटिएम भ्वाइसलाई प्राप्त भएको छ । भिडियोमा सिलवालले आफ्नो बारेमा बताएका छन् भने युवती चुपचाप उभिइरहेकी छिन् । घटना पछि प्रहरीले के हुन्छ बाँकी कुरा कार्यालयमै गरौला भन्दै लिएर गएको थियो ।

महानगरीय प्रहरी प्रभाव कमलपोखरीका प्रहरी नायव उपरीक्षक अनिस कुमार कर्णले छापा मारेर पक्राउ परेका दुबैलाई कानून अनुसार भइरहेको बताए । ‘उहाँहरुलाई कानून अनुसार प्रक्रिया अघि बढेको छ, धेरै जानकारी मैले लिन मिल्दैन हाम्रो प्रवक्तालाई फोन गर्नुहोला’ केटिएमभ्वाइससँग प्रनाउ कर्णले भने ।


Krishi Bikas Bank
franklin 1200*150