७ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो बजार मूल्य ?
वि.सं.२०७९ मंसिर २९ बिहीवार ११:२३
1.32K
shares
shares

काठमाडौं, २९ मंसिर । नेपाली बजारमा बिहिबार सुनको मूल्य तोलाको ७०० रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ३०० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १ हजार रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको १ हजार ३८० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो ।








