प्रभु क्यापिटलले ल्यायो न्यानो स्पेशल अफर
वि.सं.२०७९ मंसिर २९ बिहीवार १०:४३
shares

काठमाडौं, २९ मंसिर । प्रभु क्यापिटलले यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाईनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि “हेली राइडको सफर वीथ प्रभु क्यापिटलको न्यानो स्पेशल अफर“ भन्ने स्लोगन सहित यो निःशुल्क डिम्याट स्किम ल्याएको छ ।
यो योजना पौष १ गतेबाट चैत्र ३० सम्म लागू हुने क्यापिटलले जनाएको छ । जसमा ग्राहकले १ वर्षका लागि फ्री डिम्याट खाता र मेरो शेयर प्राप्त गर्नेछन् ।
यस योजनाको ज्यादै आकर्षण पक्ष क्यापिटलले योजना अवधिभर खाता खोल्ने ग्राहकलाई दिने अतिरिक्त सुविधा हो जसमा लट्री बाट १० जना भाग्यशाली बिजेताको छनौट गरिनेछ जसले आजीवन निःशुल्क डिम्याट पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क गोसाईकुण्ड हेली राइड जित्नेछन् ।
पूँजी बजारमा नयाँ लगानीकर्ता भित्रयाउने तथा सक्रिय रुपमा पूँजी बजारमा लाग्न पे्ररित गर्ने उद्वेश्यले ल्याएको यो योजनामा देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ ।
जसमा व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा एप केवाईसी छनौट गरी आफू अनुकूल समयमा समय लिई तुरुन्तै अनलाईन डिम्याट खाताको सुविधा पाउनेछन् ।
प्रभु क्यापिटल लिमिटेड नेपाली पूँजी बजारमा भिडियो के वाई सी मार्फत तुरुन्तै डिम्याट खाता खोल्ने सुविधा ल्याएको एकमात्र मर्चेन्ट कम्पनी हो जसले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई फरक ढंगबाट सेवा प्रदान गर्दै आईरहेको छ ।








