राधी विदुयुत कम्पनीको हकप्रद शेयर सूचीकृत
वि.सं.२०७९ मंसिर २८ बुधवार १८:१३
1.36K
shares
shares

काठमाडौं, २८ मंसिर । बुधवार नेप्सेमा राधी विद्युत् कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।
कम्पनीको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब कम्पनीको शेयर भोलि बिहीवारदेखि कारोबारमा आउनेछ ।
कम्पनीले असोज ५ गतेदेखि २५ गतेसम्म निष्कासन गरेको १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।








