सरकारको अमैत्रीपूर्ण नीतिहरुको विरुद्धमा पोखरामा पनि विरोध प्रदर्शन

1.39K
shares
Krishi Bikas Bank

पोखरा, २८ मंसिर । नाडाको गण्डकी प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनले (वाडा) पनि पोखराको मानवअधिकार चोकमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको थियो । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत त्यस एशोसिएशनले पनि विरोध प्रदर्शन गरेको हो ।

वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको नेतृत्वमा भएको सो धर्ना कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, वस्तुगत संघ, कास्की मोटरसाइकल अटो एशोसिएशन, नेपाली युवा उद्यमी मञ्च पोखरा लगायतका संस्थाहरुले समेत समर्थन र एक्येवद्धता जनाएका थिए । उक्त धर्ना कार्यक्रममा नाडाका उपाध्यक्ष मोहनबाबु खड्का, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, एन वाइइएफका अध्यक्ष सुयस मल्ल लगायतले आन्दोलनको औचित्य र आवश्यकता बारे आ धारणा राखेका थिए ।

धर्ना कार्यक्रममा व्यवसायीहरुले अटो कर्जामा बढाइएको जोखिम भार घटाउनु पर्ने, नगद मार्जिनको ब्यवस्था हटाउनु पर्ने, चालु पुँजी कर्जा मार्गदर्शन २०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सीमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नु पर्ने जस्ता मागहरु राखेका थिए ।


Krishi Bikas Bank
franklin 1200*150