घट्यो सुनचाँदीको मूल्य , कतिमा हुदैछ आजको कारोबार ?
वि.सं.२०७९ मंसिर २६ सोमवार ११:०७
1.48K
shares
shares

काठमाडौं, २६ मंसिर । आज बजारमा सुनको मूल्य घटेको छ । आज बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख २ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।
नेपाली बजारमा आईतबारका दिन सुनको मूल्य २ सय रुपैयाँले र चाँदीको मूल्य १० रुपैयाँले बढेको थियो ।








