कार्यस्थलमा हुने यौनहिंसासम्बन्धी बैठक
वि.सं.२०७९ मंसिर २५ आइतवार १७:३९
shares

काठमाडौं, २५ मंसिर । काठमाडौँका प्रमुख जिल्ला अधिकारी प्रजिअ घनश्याम भुसाल अधिकारीले कार्यस्थलमा हुने यौनजन्य हिंसाका विषयमा कार्यालय प्रमुखहरूको बैठकमा छलफल गर्ने प्रतिबद्धता जनाएका छन् । आज सम्पन्न, कार्यस्थलमा हुने यौनहिंसाका सम्बन्धमा मुद्दा पहिचान तथा उठान गर्न विभिन्न सरोकारवालाहरूसँगको समन्वयात्मक बैठकमा उनले लैङ्गिक र यौन हिंसाबारे सबै कर्मचारीलाई सचेत गराउन आवश्यक रहेको बताए।
“हरेक कार्यालय प्रमुखहरूलाई कार्यालयस्थलमा हुने यस्ता हिंसाबारे जानकारीमूलक प्रस्तुति दिन सके उनिहरूले आफू मातहतका कर्मचारीमा समेत यो जानकारी बाँड्न सक्छन्”, उनले भने, “सचेतना वृद्धिका लागि उच्च अधिकारी, कार्यालय प्रमुखदेखि मन्त्रालयका प्रमुखसम्म पु¥याउनका लागि अनुरोध गर्नेछु र जिल्लाभित्रका विषयमा म आफूले नै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
उनले लैङ्गिक र यौन हिंसा भनेको के हो र पीडितले हिंसा महसुस भएपछि के गर्नुपर्छ र कहाँ कसरी उजुरी गर्ने भन्ने स्पष्ट जानकारी वा सचेतना वृद्धिका लागि आफू लागिपर्ने बताए ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले कार्यस्थलमा हुने लैङ्गिक हिंसाका अभिमुखीकरण कार्यक्रम सबै निकायले कार्यान्वयन गर्न नसकेको गुनासो गरे । उनले यस विषयमा आयोगले उजुरीको विषयमा अनुगमन गर्न असहज भइरहेको बताए ।
“एउटै कार्यालयबाट पटक पटक बिना–नाम प्रवृत्तिगत ढङ्ले आएको उजुरीउपर कसरी काम गर्ने रु तोरी सुकाएको ठाउँमा सियो खोजेस्तो देखिँदैन, खोज्न पर्दा घोच्छ ।”, उनले भने । हिंसा भइरहँदा पनि अभिलेखीकरण नहुँदा काम गर्न असहज भइरहेको उनको भनाइ थियो । उनले सरकारी तथा गैरसरकारी सबै कार्यालयभित्र उजुरी गर्ने संयन्त्र र आएका उजुरीउपर अनुगमन गर्ने संयन्त्र बनाउन आग्रहसमेत गरे ।








