यी हुन् आज टपटेन कारोबार भएका कम्पनी
वि.सं.२०७९ मंसिर २५ आइतवार १५:२९
shares

काठमाडौं, २५ मंसिर । साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक ३१ दशमलव ९७ अंकले घटेको छ ।
आइतबार लगातार शेयर बजार घट्ने क्रममा आज नेप्से परिसुचक १ दशमलव ६७ प्रतिशतले घटेर १८८५दशमलव ३१ को विन्दुमा झरेको छ । आज दिनभर भएका २४ हजार ६ सय ४४ कारोबारबाट २५३ कम्पनीका ३५ लाख १२ हजार ८ सय ३४ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ पुगेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको १० करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नविल बैंकको ७ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।








