शेयर बजारमा आएन सुधार, आज ३१ अंकको गिरावट
वि.सं.२०७९ मंसिर २५ आइतवार १५:१७
2.71K
shares
shares

काठमाडौं, २५ मंसिर । साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक ३१ दशमलव ९७ अंकले घटेको छ ।
आइतबार लगातार शेयर बजार घट्ने क्रममा आज नेप्से परिसुचक १ दशमलव ६७ प्रतिशतले घटेर १८८५दशमलव ३१ को विन्दुमा झरेको छ ।
नेप्से परिसुचकसंगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव २८ अंकले ओरालो लागेको छ ।
आज दिनभर भएका २४ हजार ६ सय ४४ कारोबारबाट २५३ कम्पनीका ३५ लाख १२ हजार ८ सय ३४ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ पुगेको छ ।








