महुली लघुवित्तमा जागिर खुल्यो, कहिलेसम्म आवेदन दिन पाइने ?

1.27K
shares
Krishi Bikas Bank

काठमाडौं, २५ मंसिर । महुली लघुवित्त वित्तीय संस्था लमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आइतवार एक दैनिक पत्रिकामा सूचना जारी गर्दै प्रबन्धक÷सहायक प्रबन्धक पदमा २ जना र अधिकृत÷सहायक अधिकृत पदमा ३ जना कर्मचारीका लागि दरखास्त खुलाएको हो ।

कम्पनीले प्रबन्धक/सहायक प्रबन्धक पदमा वित्त व्यवस्थापन विभाग र असुली तथा जोखिम व्यवस्थापन विभागमा कर्मचारी मागेको हो, जसमा असुली तथा जोखिम व्यवस्थापन विभागमा आवेदन दिनका लागि स्नातकोत्तर उत्तीर्ण र सम्बन्धित क्षेत्रमा ३ वर्षको अनुभव मागिएको छ । अन्य पदमा आवेदन दिनका लागि स्नातक उत्तीर्ण हुनुपर्नेछ । साथै सम्बन्धित क्षेत्रमा कामको अनुभव पनि मागिएको छ ।

आवेदन खुलाइएका पदहरूमध्ये कार्यकारिणी पदका लागि २१ वर्ष पूरा भई ४५ ननाघेको र अधिकृत तहमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ । तर, महिला आवेदकको हकमा ५ वर्ष थप हुने जनाइएको छ ।

योग्यता पुगेका इच्छुक आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र कम्पनीको वेबसाइटमा अनलाइन आवेदन गर्न आह्वान गरिएको छ ।


Krishi Bikas Bank
franklin 1200*150