लक्ष्मी बैंकले यो वर्ष लाभांश वितरण नगर्ने

1.31K
shares
Krishi Bikas Bank

काठमाडौं, २५ मंसिर । लक्ष्मी बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंकको मङ्सिर २५ गते बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरूलाई स्वीकृति प्रदान गर्दै यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

बैंकले नेप्सेमार्फत सूचना जारी गर्दै यस वर्ष लाभांश वितरणको प्रस्ताव नगरेको जानकारी दिएको छ । सञ्चालक समितिले स्वीकृत गरेको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णयसमेत आइतवारको बैठकले गरेको छ ।

विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको बैंकले यस वर्ष भने लाभांश वितरण नगर्ने निर्णयमा पुगेको छ । गत वर्ष बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल बैंकको चुक्तापूँजी रू. ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब २५ करोड ५२ लाखभन्दा बढी थियो । उक्त अवधिसम्म बैंकले रू. १ अर्ब ६० करोड ३५ लाखभन्दा बढी खुद नाफा कमाएको थियो ।


Krishi Bikas Bank
franklin 1200*150