‘एमडीएमएस सिस्टम लागू हुन ढिला भयो, तरलता अभाव कायम रहँदा व्यवसायी मारमा छन्’

4.02K
shares
Krishi Bikas Bank

काठमाडौं, २५ मंसिर । अहिले निजी क्षेत्रमा भएको समस्याका कारण साना देखि ठुला सबै व्यवसायमा गहिरो असर परेको छ । व्यवसायीहरुले अनेक दुःख भोग्दै आएका छन् । बैंकहरुले जारी गरेको ब्याजदर र सरकारले लगाएको कडा नियमका कारण व्यवसायीहरु मर्कामा परेका छन् । बजारमा देखिएको तरलता अभावका कारण पनि पछिल्लो समय समग्र अर्थतन्त्रमा नै नकारात्मक असर परिरहेको छ । नेपाल सरकारले वैशाख देखि आयात प्रतिबन्ध लगाएको अवस्थामा पुस महिनादेखि आयात खुलाउने निर्णय गरेको छ । आयात प्रतिबन्ध कायम रहँदा चाेरीका सामानहरु आउने गरेको गुनासो समेत व्यवसायीले गर्दै आएका छन् । पछिल्लो समय आयात प्रतिबन्ध लगाइएका वस्तुमध्ये मोबाइल फोन पनि हो । आयात प्रतिबन्ध फुकुवा पछि अब मोबाईल व्यवसायमा कस्तो प्रभाव पर्छ भन्ने विषय केटिएम भ्वाइसकर्मी युकला पौडेलले मोवाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादोसँग गरिएको कुराकानीको सम्पादित अंश :

अहिले मोबाइल व्यवसायको अवस्था कस्तो रहेको छ ?

अहिले व्यवसायको अवस्था त एकदमै नाजुक नै रहेको छ । यो समय मोबाइलको सबैभन्दा धेरै बिक्री हुने समय भए पनि व्यवसायको चहलपहल सुनसान रहेको छ । अहिले केही सुधार आउला की भन्ने आश गर्ने अवस्थामा पनि सुनसान रहेकाले हामी व्यवसायीहरु एकदम चिन्तामा रहेका छाैं ।

सरकारले मोबाइल आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ अब त व्यवसायमा सुधार होला नि ?

सरकारले आयात मात्रै खुलाएर व्यापार व्यवसाय चल्ने होइन । हामीसँग रहेका पहिलेका मोबाइलहरु नै बिक्री भएका छैनन् । अनि बजारमा तरलताको अभावले लोनहरु लिन सक्ने अवस्था पनि छैन । बैंकहरुले बढाएको ब्याजदरका कारण व्यवसायीहरुले नयाँ सामान थप्न सक्ने अवस्था पनि छैन् ।

यस्तो अवस्थामा कसरी सुधार होला र ? पुरानै सामानहरु बिक्री गर्न सकिएको छैन् । नेपालीको क्रेयशक्ति नै घटेको अवस्था छ । व्यापार बढ्नका लागि त किन्न क्षेमता बढ्नु पर्छ । यसले गर्दा व्यवसायमा ह्रास आईरहेको छ । व्यवसायको पहिलेको अवस्थामा आउनका लागि अझै समय लाग्ने देखिन्छ । तत्काल सुधारको सम्भावना देखिदैन् । अहिले व्यापारमा पहिलको भन्दा ५० प्रतिशतले कमी आएको अवस्था छ । अनि कम्पनीहरुरुले ल्याउने नयाँ फिचर्सहरु नआएको कारण उपभोक्ताहरु मोबाइल खरिद गर्नेतिर आकर्षित नै भएका छैनन् ।

मोबाइल डिभाइस म्यानेजम्यान्ट सिस्टम (एमडीएमएस) लागू हुनुभन्दा केही अगाडि र अहिलेमा के फरक छ ?

केही वर्ष पहिले नै लागू हुनुपर्ने यो सिस्टम निकै ढिला लागू भएको छ । मोबाइल व्यवसायलाई पारदर्शी बनाउनका लागि यो सिस्टम आवश्यकता थियो । एमडिएमएस लागू भएपछि व्यवसायीमात्रै होइन राज्यलाई पनि फाइदा छ । अवैधानिक माध्यमबाट आउने मोवाइलहरु अब रोकिन्छन् । यसकारण हामी सबै खुसी छौँ ।

यो सिस्टम लागु भएपछि मोबाइलको व्यवसाय पनि केही सुधार आएको अनुभव व्यवसायीको छ । गैर कानुनी रुपमा आउने सामानको आयात बन्द भए पछि बिक्रेताकोमा गएरै किन्नु पर्ने अवस्था आयो । जसका कारण व्यवसायीहरुलाई केही मात्रामा भए पनि राहत भएको महशुस भएको छ । अहिले व्यवसा सामान्य रुपमै चलिरहेको छ । यो भन्दा केही समय अगाडि चै निकै खराब अवस्था थियो । यो सिस्टमका कारण केही सुधार देखिएको छ । पहिले आयातमा प्रतिबन्ध लगाइएको र एमडीएमएस सिस्टम समेत लागू नहुँदा भने व्यवसायीहरु निकै मारमा परेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आउदै छ, कस्तो नेतृत्व आउनु पर्छ ?

आगामी कार्यकालको लागि अध्यक्षमा अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल स्वत निर्वाचित हुनुहुने छ । उहाँले राम्रै गर्नुहोला भन्ने लागेको छ । उहाँ धेरै वर्षदेखि निजी क्षेत्रमा काम गरेर अनुभव बटुलेको व्यक्ति हो । त्यो भन्दा अरु पदमा पनि सक्षम र सफल नेतृत्व जानु पर्ने आजको आवश्यकता हो । अध्यक्षले मात्रै सबै गर्न सक्ने भन्ने हुँदैन् । तसर्थ अन्य पदमा पनि भिजन भएका उद्योगीहरु आउनु पर्छ ।

नेपालमा धेरै व्यवसायीहरु यस्ता छन जो अत्यन्त कमजारेर अवस्थामा रहेका छन् । उनीहरुलाई पनि माथिल्लो स्तरमा पुर्‍याउनका लागि अबको नेतृत्वले ध्यान दिनु पर्ने देखिन्छ । उनीहरु आफ्ना समस्याका विषयमा पनि जानकारी गाराउन सक्ने अवस्थामा छैनन् । त्यस्ता व्यवसायीलाई पनि महासंघ छ र महासंघले हाम्रा पक्षमा काम गर्छ भन्ने विश्वास दिलाउनु पर्ने हुन्छ ।

चुनावमा हामीले व्यक्ति हेर्ने भन्दा पनि व्यवसायीको हित हुने खालका नियमहरु बनाउनु प¥यो । व्यवसायीसँग परामर्श गरेर सरकारसँग यो कुराको निणर्य गर्न सक्ने खालको नेतृत्व आउनु पर्छ । हुन त अहिलेसम्म जो नेतृत्वमा भएपनि एफएनसीसीआईले व्यवपारीलाई सहज हुने यो वातावरण सिर्जना गरिदियो भन्ने अवस्था चै छैन । हामीले त्यो महशुस गर्न पाएका छैनौँ । त्यही पनि आशा गरौ अब आउने नेतृत्वले त्यो व्यवसायीले महशुस गर्ने गरी काम गर्न सफल होस् ।


Krishi Bikas Bank
franklin 1200*150