प्रेमको बदलामा पाएको मुत्यु !

2.45K
shares
Krishi Bikas Bank

काठमाडौं, २२ मंसिर । एउटा यस्तो खाले कथा जुन प्रकृतिको कथा भन्न नपरोस् वा सुन्न नपरोस भन्ने चाहना राखिन्छ । सामाजिक सञ्जालमा अहिले छरपस्ट देखियको यस तस्वीर पछाडिको कथा, अर्थात कथा पुष्पाको !

सानै देखि ज्ञानी । सबैसँग मिलनसार । घरकी प्यारी छोरी । पुष्पा आफनो व्यवसायिक सफल हुँदै थिइन् । विजनेश एड्मिस्ट्रसनमा स्नात्तकोत्तर गरेकी । उमेर २७ पुगेकी पुष्पा केलमी नेपाल नामक संस्थाको अपरेसन म्यानेजर भइसकेकी थिइन् । स्थायी घर नुवाकोट भएकी पुष्पाको व्यवसायीक यात्राले सिडी चढ्दै थिए ।

चारैतिरबाट हेर्दा उनलाई सफलताले घेरिरहेको थियो । मान्छे व्यवसायिक रुपमा सफल भएर मात्रै हुँदैन । उसलाई पारिवारिक सफलता पनि पक्कै चाहिन्छ । नेपाली संस्कार अनुसार छोरीले नयाँ घर रोज्नु पर्छ । अर्थात जन्मघर छाडेर श्रीमानको घरमा जानु पर्छ । उमेर पनि भएकाले उनले जीवन साथी रोज्ने निर्णय गरिन् ।

व्यवसायिक सफलतापछि घरजम गर्ने चाहाना स्वभाविकै हो । उनले आफूले रोजेको मान्छेलाई श्रीमानको रुपमा अपनाउने सोचिन् । उनको योजनामा उनका प्रेमीले पनि साथ दिए । तर, उनको त्यहीँ निर्णयले जीवनको अन्त्यतिरको बाटो देखाएको रहेछ । विवाह भाडिएपछि उनले शरिरमा पेट्रोल खनएर आत्मदाह गरिन् ।

गत आइतबार साझ धुम्बाराही पिपलबोट नजिकैको घरमा उनी जलिरहेको भेटिइन् । त्यो घर तिनै व्यक्तिको थियो, जोसँग उनी जिंदगी विताउन चाहान्थिन् । उनलाई उपचार गर्न लगियो तर, आगोले जलिसकेको शरिरबाट प्राण उड्यो । उनी कृतिपुरस्थित अस्पतालबाट सोमबार विहान अस्ताइन् । आत्महत्या दुरुत्साहनको मुद्दामा केटाका बुवा–आमा र दाइलाई प्रहरीले समात्यो । केटा अहिले पनि प्रहरी हिरासतमै छन् भने बुवा–आमा र दाजु छुटे ।

कसरी घट्यो घटना ?

केटाको नाम सुदन । परिवार निकट श्रोतका अनुसार सुदन र पुष्पाबीच गत वर्ष माघमा चिनजान भएको हो । पुष्पा कार्यरत केलमीको शोरुपमा सुदन पुगेका थिए । त्यहीँबाट उनीहरुको चिनजान भयो ।

सामान्य चिनजानबाट साथी । उनीहरु नजिकिदै गए । अनि साथी भन्दा माथि । उनीहरु बिच निकटता बढ्दै गयो । दुबै जनाले एक अर्कालाई मन पराए । उनीहरुबीच सँगै जीवन बिताउने योजना बन्यो । अनि भयो गत १८ भदौमा फुलमाला (इन्गेजमेन्ट) । तर अचम्मको कुरा सुदनले फुलमाला भएको तस्वीर गत १८ भदौ सामाजिक सञ्जालमा हालेनन् । आफूले मात्रै होइन पुष्पालाई पनि सामाजिक सञ्जालमा तस्वीर नहाल्न भने ।

सुदनको क्रियाकलपा शंकास्पद थियो । यता फोटो किन नहालेको भन्ने प्रश्नको सामाना गर्न पुष्पालाई सहज थिएन । उता सुदनले फोटो हाल्नै नमिल्ने बताएपछि पुष्पाले रहस्य पत्ता लगाउन खोजिन् । यसको बदलामा सुदनले पुष्पालाई बुहारीको रुपमा नभित्र्याउने बतायो । अर्थात फुलमाला ‘क्यानसेल’ ।

पारिवारिक श्रोतका अनुसार सुदन अध्ययनका लागि चीन बसेका थिए । चीन बसाइका क्रममा उनले त्यहाँ प्रेम सम्बन्ध बनाएका रहेछन् । पहिलो प्रेमिकाले थाहा पाउलिन भनेर उनले फुलमाला गरेको तस्वीर सार्वजनिक गर्न मानेनन् ।

इन्गेजमेन्टमा दिएका सामाग्रीहरु सबै सुदनको परिवारले फिर्ता गरिदियो । सुदनले कुनै पनि हालतमा सम्बन्ध अघि नबढ्ने बताए पछि पुष्पाले गलत बाटो रोजिन् । अहिले यो घटनाले स्तब्ध बनाएको छ । प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150