उधौली र यःमरि पुन्हिको अवसरमा उपराष्ट्रपति पुनद्वारा शुभकामना व्यक्त

1.37K
shares
Krishi Bikas Bank

काठमाडौं, २२ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले किराँत समुदायको महान् चाड उधौली र नेवारी समुदायको यःमरि पुन्हिका अवसरमा देश तथा विदेशमा रहेका सबैलाई सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले आज जारी गरेको शुभकामना सन्देशमा किराँत समुदायको महान् चाड उधौली र नेवार समुदायको महत्वपूर्ण चाड यःमरि पुन्हि पर्वको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका हुन । शुभकामना सन्देशमा भनिएको छ, “उधौली र यःमरि पुन्हिले किराँत र नेवार लगायतका समुदायमा उत्साह र उमङ्ग थप्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धनमा योगदान पु¥याओस्, सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ् बनाउँदै समृद्धिको मार्गमा अघि बढ्न हामी सबैलाई ऊर्जा प्रदान गरोस्, उधौली र यःमरी पुन्हिको हार्दिक शुभकामना ।”

भर्खरै नेपाली जनताले आफ्नो सार्वभौम मताधिकार प्रयोग गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मताधिकारको प्रयोग गर्नुभएकामा आम मतदातालाई बधाई दिन चाहेको उनले सन्देशमा उल्लेख गरेका छन । उनले सन्देशमा भनेका छन्, “निर्वाचनमा निर्वाचित हुने सबैलाई बधाई दिन चाहन्छु, निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग, नेपाल सरकार, सुरक्षा निकाय, कर्मचारी, पर्यवेक्षक सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।”

सन्देशमा अब छिट्टै सङ्घ तथा प्रदेशमा सरकार बन्ने र ती सरकारहरुले विकास एवं समृद्धिको अभियानको नेतृत्व गर्दै समृद्धिको जनचाहना साकार पार्ने विश्वास व्यक्त गर्दै उनले अन्य निर्वाचन संवैधानिक व्यवस्था बमोजिम सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका छन ।

“विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्दै विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउन मद्दत पु¥याइरहेका छन्”, सन्देशमा भनिएको छ, “किराँत समुदायको महान् पर्व उधौली र नेवार समुदायको चाड यःमरि पुन्हिले सामाजिक सद्भावलाई दरिलो र दिगो बनाउँदै राष्ट्रिय एकतालाई अझै सुदृढ् गर्ने विश्वास लिएको छु ।”


Krishi Bikas Bank
franklin 1200*150