चिलिमे जलविद्युतले गर्यो लाभांश दिने प्रस्ताव
वि.सं.२०७९ मंसिर २१ बुधवार १२:१२
shares

काठमाडौं, २१ मंसिर । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आव २०७८/ ०७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको ७ दशलमव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
साथै उक्त प्रस्तावित लाभांश पारितका लागि कम्पनीले २६औं वार्षिक साधारण सभा पुस २२ गते गर्ने जानकारी दिएको छ । त्यसैगरी कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ३ गते बन्द गर्ने जानकारी दिएको हो ।
यस आधारमा मंसिर २९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । पुस १ गते शुक्रवार र २ गते शनिवार रहेकाले मंसिर २९ गतेसम्म कायम शेयरधनीले मात्रै साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई गत वर्ष पनि ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।








