सुनको मूल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार ?
वि.सं.२०७९ मंसिर २१ बुधवार १२:००
1.43K
shares
shares

काठमाडौं, २१ मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा स्थिर रही प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार आठ सय छ ।
त्यस्तै आज चाँदीसमेत अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही रु एक हजार तीन सय ५० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।








