परिवर्तक (द चेन्जमेकर) नामक जलवायु परिवर्तनसम्बन्धी देशव्यापी अभियान

3.64K
shares
Krishi Bikas Bank

 काठमाडौं, २० मंसिर । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) सम्बद्ध युवा स्वयंसेवकहरूले यस वर्षको अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस (डिसेम्बर ५) का अवसरमा “परिवर्तक. The Changemaker” नामक जलवायु परिवर्तनसम्बन्धी देशव्यापी अभियानको सुरूवात गरेका छन् ।

“परिवर्तक. The Changemaker” अभियान नेपाल रेडक्रस सोसाइटी र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) द्वारा सहजीकरण गरिएको युवा नेतृत्वको अभियान हो ।

यस अभियानले नेपालभरका १३ देखि ३० वर्ष मुनिका युवाहरूलाई नेपालमा जलवायु परिवर्तनसम्बन्धी कार्यको लागि संलग्न गराउने उद्देश्यले जलवायु परिवर्तनमा आफ्ना नविन विचार र समाधानका उपायहरू भिडियो मार्फत पेश गर्न आग्रह गरेको छ ।

कार्यक्रममा अभियानको नेतृत्व गरिरहेका युवा समूहका सदस्यहरूले अभियानको हिस्सा बन्नका लागि उद्देश्य, आवेदन प्रक्रिया, अनुदान कार्यान्वयन र छनोट संयन्त्रका बारेमा युवाहरूले नेरेसो केन्द्रीय कार्यालयमा एक औपचारिक कार्यक्रम आयोजना गरी अभियानको थालनी गरेका छन् । कार्यक्रममा नेरेसोका युवाहरू बन्दना पोखरेल, गीता रावल, सुजन खतिवडा, प्रतिभा दवाडीलगायतले अभियानको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अर्जुनवहादुर श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै देशका सात सय ५३ वटै पालिकास्थित नेपाल रेडक्रसका जुनियर युवा रेडक्रस सर्कलहरूलाई सहभागी गराएर जलवायु परिवर्तनको अभियान सञ्चालन गर्न सके अझ प्रभावकारी हुने बताएका छन् ।

उनले नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको यस अभियानमा सहयोग र सहजीकरणका लागि मन्त्रालयको साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले जलवायु परिवर्तन वर्तमान र भावी पुस्ताका लागि सबैभन्दा महत्वपूर्ण मुद्दाहरूमध्ये एक भएको बताए । यस विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न युवाहरूलाई नेतृत्व दिने, उनीहरूलाई संलग्न गराउने, उनीहरूका विचारलाई सहयोग गर्ने र स्थानीय स्तरमा समाधानको लागि नविनतम सोचहरू प्रवर्धन गर्ने नेपाल रेडक्रसको प्रयास रहेको बताएका छन् ।

“रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) का कार्यवहाक डेलिगेशन प्रमुख नेपाल कार्यक्रम संयोजक हार्भे गजेउले नेपाल रेडक्रस सोसाइटीको देशव्यापी युवा सञ्जाललाई समुदाय स्तरमा र जलवायुसम्बन्धी समस्याहरूसम्बोधन गर्ने परिवर्तनका संवाहकका रूपमा सहयोग गर्न पाउँदा आपूmलाई खुशी लागेको बताएका छन् ।

सो कार्यक्रममा आईएफआरसी एशिया प्रान्तीय क्षेत्रका युवा प्रतिनिधि मारिको हिराइले जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानमा नेपाली युवाहरूको भूमिका महत्वपूर्ण रहेको भने । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद, संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरू, साझेदार निकायका प्रतिनिधिहरू र युवा स्वयंसेवकहरूको सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी र फेडेरेसनले नेरेसो सम्बद्ध र अन्य सबै नेपाली युवाहरूलाई आवेदन दिन, जलवायु परिवर्तनका प्रभावहरूलाई कम गर्ने नवीन विचारहरू आदान प्रदान गर्नका लागि परिवर्तनको वाहक बन्न आह्वान गरेको छ ।

प्रारम्भिक चरणमा, अभियानले १०० वटा भिडियोहरू छनोट गर्ने र सोही क्रममा अभियानलाई अगाडि बढाउँदै लैजाने योजना रहेको छ । आवेदनसम्बन्धी आवश्यक जानकारी नेपाल रेडक्रस सोसाइटीको हटलाइन सेवा ११३० र नेपाल रेडक्रस सोसाइटीको वेवसाइटबाट समेत प्राप्त गर्न सकिनेछ ।


Krishi Bikas Bank
franklin 1200*150