आइएमई पेले ल्यायो सहुलियतमा वर्ल्ड कप प्याकेज

1.29K
shares
Krishi Bikas Bank

काठमाडौँ, १६ मंसिर । आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्ड कप प्याकेज मात्र ३०० मा आइएमई पे एपबाट खरिद गर्न सक्नेछन् ।

ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड प्रयोग गर्नु पर्ने हुन्छ । जस मार्फत ग्राहकहरुले वर्ल्ड कप प्याकेजको पूर्ण मुल्य ५ सय ६५, तिर्दा  २ सय ६५ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन् ।

यो अफर सिमित अवधिको लागि मात्र लागु हुनेछ र यस अफर मार्फत पहिलो ३०० ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्नेछन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।


Krishi Bikas Bank
franklin 1200*150