मौद्रिक नीतिको समीक्षाले व्यवसायीलाई समेट्न सकेन : प्रल्हाद दाहाल

2.03K
shares
Krishi Bikas Bank

काठमाडौं, १४ मंसिर । चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षाले केही मात्रामा व्यवसायीलाई सहजता दिने नीति लिएको भए पनि आवश्यक मात्रामा समेट्नु पर्ने विषय नसमेटिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताएका छन् । अध्यक्ष दाहालले व्यवसायीसँग छलफल गरेर ल्याउनु पर्ने भए पनि त्यसो हुन नसक्दा व्यवसायीका विषयहरु नसमेटिएको उनले बताएका हुन् ।

‘अहिले कर्जा र निक्षेपको अन्तर घटाउने कुरा गरिएको छ यो राम्रो हो, तर यतिले मात्रै व्यवसायलाई चलायमान बनाउन सक्ने अवस्था देखिदैन्,’ उनले भने । ब्याजदर घटाउने कुरा गरिन्छ तर पछि फेरि बढाउने कार्य पनि हुन्छ त्यसैले यसलाई कायमनै राख्नु पर्ने उनको भनाइ छ ।

यसका साथै सबै बैंक तथा वित्तीय संस्थाको ब्याजदर एक किसिमको हुनु पर्ने उनले बताए । वाणिज्य बैंकमा एक किसिमको, विकास बैंकमा अर्को अनि फाइनान्समा अर्को किसिमको हुँदा साना व्यवसायी मारमा परेको उनको भनाइ छ ।

पहुँच हुनेहरुले सहकारी वा फाइनान्सबाट बढी ब्याजमा ऋण लिनु पर्ने बाध्यता रहेकाले यसमा पनि एकरुपता आवश्यक रहेको उनको तर्क थियो । सबै वित्तीय संस्थाको ब्याजदर समान हुँदा पनि व्यवसायीहरुलाई राहत हुने उनले बताए ।

यसका लागि पनि राष्ट्र बैंकले सोच्नु पर्ने उनको भनाइ छ । ‘यो समीक्षाले निकै ठूलो परिवर्तन ल्याउँछ भन्ने पनि होइन, केही मात्रामा सहजता ल्याउँछ कि भन्ने हो त्यसका लागि यसको कार्यान्वयन कसरी हुन्छ त्यो हेर्नु पर्छ,’ उनले भने ।


Krishi Bikas Bank
franklin 1200*150