नेशनल लाईफले गर्यो २ दिने बीमा सचेतना कार्यक्रम

1.53K
shares
Krishi Bikas Bank

काठमाडौं, १२ मंसिर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बीमा सचेतना प्रवर्धनमा जीवन बीमा कम्पनीहरुले पनि योगदान पुर्याउनु पर्ने नेपाल बीमा प्राधिकरणको नीति अनुरुप आयोजना गरिएको यी कार्यक्रमहरुमा कम्पनीले मंसिर १० गते बझाङ जिल्ला जयपृथ्वी नगरपालिका स्थित जिल्ला अस्पतालको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न गर्यो ।

कम्पनीका अभिकर्ताहरु र स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रहेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने अभिकर्ता तथा स्थानियलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।

यसै गरी कम्पनीले सचेतना कार्यक्रमलाई निरन्तरता दिदै मंसिर ११ गते बझाङको चैनपुरमा रहेको सत्यवादी मा.वि. र बझाङको झोता स्थित भैरव मा.वि.का शिक्षक तथा विद्यार्थीहरुलाई छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी बीमा सचेतना सम्बन्धमा जानकारी गराइएको थियो ।

जस अन्तर्गत कम्पनीका मार्केटिङ्ग विभाग प्रमुख विवेक शर्माले बीमाको महत्व र आवश्यकताको वारेमा प्रकाश पार्नु भएको थियो भने प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नेपाल बीमा बजारको अवस्था र सम्भावनाका साथै बीमा ऐन २०७९ मा उल्लेखीत आधारभुत विषयहरुको वारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।

साथै उक्त कार्यक्रममा करिब १०० जना शिक्षकहरुको १ लाखको म्यादि जीवन बीमा गरि प्रमुख कार्यकारी अधिकृतज्यूले बीमालेख हस्तान्तरण गर्नु भएको थियो ।

यसै गरी भैरव मा.वि. मा सम्पन्न गरिएको कार्यक्रममा मृगौला पिडित उजाला कुमारी दमाईलाई सीआरएस अन्तर्गत आर्थिक सहयोग स्वरुप २५,००० पनि प्रदान गरिएको थियो ।

कम्पनीका एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले संचालन गरेको कार्यक्रम प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा दुबै विद्यालयका करिब ४५० जना शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो भने सहभागि विद्यार्थीहरुलाई कम्पनीको टि(शर्ट पनि वितरण गरिएको थियो ।


Krishi Bikas Bank
franklin 1200*150