आइएमई जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

1.55K
shares
Krishi Bikas Bank

काठमाडौं, ६ मंसिर । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ६ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल विमा प्राधिकरणबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो


Krishi Bikas Bank
franklin 1200*150