भोजपुरमा मूख्यमन्त्रीलाई पछि पार्दै किराँतीले लिए अग्रता

1.35K
shares
Krishi Bikas Bank

काठमाडौं, ६ मंसिर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भोजपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री एमालेका उम्मेदवार शेरधन राईलाई पछाडि पार्दै माओवादी केन्द्रका सुदन किराँतीले अग्रता लिएका छन् ।

निर्वाचन क्षेत्रको कार्यालयका अनुसार भोजपुर निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सुदन किराँतीले १ हजार ५ सय ४१ मत ल्याई अग्रता लिइरहेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार शेरधन राईले १ हजार ८५ मत प्राप्त गरेका छन् ।


Krishi Bikas Bank
franklin 1200*150