कांग्रेस केन्द्रीय परिचालन समितिमा सदस्य थप

1.32K
shares
Krishi Bikas Bank

काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसले आगामी मङ््सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठन गरेको निर्वाचन केन्द्रीय परिचालन समितिमा सदस्य थप गरेको छ ।

कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन –२०७९ केन्द्रीय परिचालन समितिले आज मकवानपुरका राजकुमार जिएमलाई सदस्य मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ संशोधन सहित पार्टीका पूर्वउपसभापति श्रेष्ठलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन –२०७९ केन्द्रीय परिचालन समितिको संयोजकको जिम्मेवारी दिएका थिए ।


Krishi Bikas Bank
franklin 1200*150