शेयर बजार घटेपनि कारोबार भने बढ्यो

1.6K
shares
Krishi Bikas Bank

काठमाडौं, २९ कात्तिक । साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचक ६ दशमलव ५९ अंकले घटेको छ । मंगलबार नेप्से परिसुचक शुन्य दशमलव ३५ प्रतिशतले घटेर १८९७ दशमलव ८६ को विन्दुमा पुगेको छ ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३३ अंकले ओरालो लागेको छ ।

आज दिनभर भएका २२ हजार ७ सय ७१ कारोबारबाट २२९ कम्पनीका २७ लाख ४५ हजार १ सय ५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १ अर्ब २ करोड ३६ लाख ९ हजार ९ सय ६० पुगेको छ ।


Krishi Bikas Bank
franklin 1200*150