यी हुन् आज सबैभन्दा धेरै कारोबार भएका कम्पनी

1.7K
shares
Krishi Bikas Bank

काठमाडौं, २७ कात्तिक । साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक १० दशमलव ५४ अंकले आरालो लागेको छ । नेप्से परिसुचक १८८३ दशमलव १६ को विन्दुमा पुगेको हो । आज दिनभर भएका १८ हजार ४५ कारोबाबाट २२५ कम्पनीका २० लाख २८ हजार ३ सय ४८ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ७७ करोड ४९ लाख ११ हजार ७ सय ६ पुगेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

त्यस्तै, आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २ करोड ४० लाख ५२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

हिमालयन पावर पार्टनरको २ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


Krishi Bikas Bank
franklin 1200*150