एक सातामा कतिले बढ्यो तरकारीको मूल्य ?

1.6K
shares
Krishi Bikas Bank

काठमाडौं, २६ कात्तिक । कालीमाटी तरकारी तथा फलफूल बजारको तरकारीको मूल्य सूती सार्वजनिक गरेको छ । सूचीअनुसार अगिल्लो हप्ताभन्दा यो हप्ता तरकारीको मूल्यमा वृद्धि भएको छ । तर केही तरकारी मौषमी भएकाले ती तरकारीमा भने गिरावट आएको छ ।

आज अर्थात कात्तिक २६ गते राता आलुको मूल्य ५६ रुपैयाँ रहेको छ । रायोसागको मूल्य कालीमाटी तरकारी तथा फलफूलको मूल्य निर्धारण समितिले ६५ निर्धारण गरेको छ
यस्तै सेतो आलु ४६, काउली ४४, काक्रो १२०, कागती १३० पुगेको छ ।

अकबरे खुर्सानी १३० गोलभेडा ५५ रुपैयाँ भाउ निर्धारण गरको छ । च्याउको मूल्य १८० रहेको छ भने करेला ७६, ब्रोकाउली १३५, भिण्डी ६५ र हरियो लसुनको भाउ १४० रहेको छ ।

यो भन्दा एक साता पहिले रातो आलुको मूल्य ७५, सेतो आलु ५७, काउली ५५, काक्रो ११०, कागती १५०, अकबरे खुर्सानी ११५, गोलभेडा ६५ च्याउ १६० करेला ११० ब्रोकाउली ११५ भिण्डी ६५ रायोसाग ६५ हरियो लसुन १९० रहेको थियो ।


Krishi Bikas Bank
franklin 1200*150