गण्डक जलविद्युत्लाई पूर्ण क्षमतामा लैजान बिनोद चौधरीको सक्रियता, सोलार आयोजना पनि अघि बढ्यो
वि.सं.२०७९ कात्तिक २६ शनिवार ०६:०४
shares

काठमाडौं, २५ कात्तिक । उद्योगपति विनोद चौधरी आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धामा छन् । देशकै प्रमुख उद्योगपति आफ्नो निर्वाचन क्षेत्रमा आउदा कस्तो असर पर्छ भन्ने अहिले नवलपरासी– का स्थानीयले पछिल्लो समय प्रत्यक्ष अनुभुति गर्न पाएका छन् ।
चौधरीले त्यस क्षेत्रको सर्वांणिङ विकासका लागि विशेष चासो दिएका छन् । आफ्नो क्षेत्रको विकास र प्रसस्त रोजगारीको अवसर सिर्जना गर्नका लागि चौधरीले अहिले विशेष सक्रिया देखाएका छन् । जसमध्ये एक उदाहरण हो, गण्डक परियोजना । यो परियोजना धेरै पुरानो परियोजना हो ।
नेपाल र भारत सरकारबीचको गण्डक सिंचाइ तथा जलविद्युत् आयोजना सम्झौता बमोजिम निर्माण गरिएको जलविद्युत् केन्द्रबाट सन् १९७९ को अप्रिलदेखि विद्युत् उत्पादन सुरु भएको थियो । नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरामा १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत् केन्द्र भारत सरकारबाट गण्डक सम्झौता बमोजिम नेपाललाई जलविद्युतगृह ३१ अगष्ट १९८१ मा हस्तान्तरण भएको थियो । यस परियोजनाको कुल उत्पादन क्षमता १५ मेगावाट हो । तर अहिलेसम्म जम्मा ३ मेगावाटमात्रै उत्पादन भइरहेको छ ।
यसलाई ‘फुलफेज’ मा लैजानका लागि विद्युत प्राधिकरण पनि सक्रिय छ । यो परियोजनालाई पूर्ण क्षमतामा लैजान सके विद्युत समस्याको केही हदसम्म समाधान र स्थानीयहरुका लागि रोजगारीका अवसरहरु पनि सिर्जना हुनेछन् । स्थानीइहरुका लागि यो निकै महत्वपूर्ण आयोजना भएको भन्दै चाडो भन्दा चाडो पूर्ण क्षमतामा लैजानका लागि बिनोद चौधरी आफैले समेत चासो देखाएका छन् ।
चौधरीले केही समय अघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग पनि यस परियोजनालाई फुलफेजमा लैजाने विषयमा चासो देखाएका थिए । उनले कसरी हुन्छ आयोजनालाई अघि बढाउन कार्यकारी निर्देशक घिसिङसँग आग्रह समेत गरेका छन् । यस परियोजनाको विद्युतगृहमा ५÷५ मेगावाटका तीन वटा युनिट रहेका छन् । त्यसमध्ये २ वटा चल्ने अवस्थामा छन् भने एउटा युनिट बिग्रिएर लामो समयदेखि चल्न सकेको छैन । चालू अवस्थामा रहेका युनिटका उपकरणहरु पुराना भएकोले अर्को उपकरण लगाउनु पर्नेछ ।
विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार यस परियोजना रिनोभेसनको तयारी भइरहेको छ । प्राधिकरणले यस परियोजनाको पुनस्र्थापना र आधुनिकीकरण गर्नका लागि आवश्यक तयारी सुरु गरेको उनले बताए ।
एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले गण्डक जलविद्युत् आयोजनाको पुनर्निर्माण र आधुनिकीकरणका लागि विस्तृत डिजाइन र लागत अनुमान तयार गरेको छ । विस्तृत प्रतिवेदन प्राधिकरणलाई बुझाइसकेको छ । अध्ययन अनुसार आयोजनाको नवीकरण र आधुनिकीकरणका लागि ४२ करोड रुपैयाँ लाग्ने छ । पावर प्लान्टमा ५/५ मेगावाटका तीन वटा युनिट छन् । बन्दरगाहका अनुसार तीमध्ये दुई वटा काममा छन् भने एउटा युनिटमा क्षति पुगेको र लामो समयदेखि काम हुन सकेको छैन ।
गण्डक परियोजनामा ठूलो क्षेत्रफलको जग्गा बाझै बसेको छ । यि परियोजना पछि बाझो जमीन समेत उपयोगमा आउनेछ । यहाँ प्राधिकरणले सोलार परियोजना समेत अघि बढाउदैछ ।
प्राधिकरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरा स्थिति गण्डक जलविद्युत केन्द्रको गण्डक जलविद्युत केन्द्रको स्वामित्वको खाली जग्गामा झण्डै ६ मेगावाट जडित क्षमताको सौर्य विद्युत आयोजना निर्माण गर्ने प्राधिकरणले बताएको छ । झण्डै ३४ बिघा जग्गामध्ये ९ दशमलव ७ बिघा जग्गामा सौर्य विद्युत् आयोजना निर्माण गरिनेछ ।
यस क्षेत्रबाट संसदीय निर्वाचन लड्दै गरेका विनोद चौधरी यो परियोजन गेमचेञ्जर परियोजना भएको बताउछन् । यो परियोजना ३ दशक लामो समय यहीँ अवस्थामा रहेको छ । यति लामो समयसम्म परियोजना यो अवस्थामा हुनु नवलपरासीवासीका लागि दुर्भाग्य नै भएको चौधरीले बताए । अब परियोजनाले गति लिए पछि भने यहाँका स्थानीयहरुमा आशाको किरण छाउने उनको भनाइ छ ।
‘म यहाँ राजनीति होइन विकासका लागि आएको हो, यस ठाउँ र यहाँका जनताका लागि म अहोरात्र खटिनेछु’ चौधरीले भने, ‘यो गेमचेञ्जर परियोजना फुलफेजमा बनेपछि यसले छुट्टै बहार ल्याउनेछ ।’








