समृद्धि फाइनान्सले हकप्रद शेयर बिक्री गर्दै

1.57K
shares
Krishi Bikas Bank

काठमाडौं, २४ कात्तिक । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अतिवरित हकप्रद शेयर तेस्रो पटक लिलामीमा बिक्री गर्ने भएको छ ।

पहिलो र दोस्रो पटकको बिक्री लिलामीमा शेयर बिक्री नभएपछि कम्पनीले तेस्रो पटक बिक्री गर्न लागेको हो ।

कम्पनीले ७ लाख ६७ हजार ३६६ कित्ता संस्थापक तर्फको हकप्रद शेयर मंसिर १ गतेदेखि १५ गतेसम्म लिलामीमा विक्री गर्न लागेको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी एवम् अन्य कोहि व्यक्ति एवम् संस्थाहरूले आवेदन दिन सक्ने कम्पनीको भनाई छ ।

प्रतिकित्ता रू. १०० अंकित मूल्य तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले अवितरित हकप्रद शेयर पहिलो पटक २०७८ साल चैत २९ गतेदेखि २०७९ साल वैशाख ७ गतेसम्म र दोस्रो पटक २०७९ साल असार १ गतेदेखि असार ९ गतेसम्म लिलामीमा विक्री गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको बाँकी शेयर तेस्रो पटक लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।


Krishi Bikas Bank
franklin 1200*150