आदर्श लघुवित्तको नाफा ४७ प्रतिशतले घट्यो
वि.सं.२०७९ कात्तिक २४ बिहीवार ०९:४०
shares

काठमाडौं, २४ कात्तिक । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.८३ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याउनु परेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.६५ प्रतिशत घटेको छ भने फि, कमिशन तथा डिस्काउण्ट ०.४१ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ०.३४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४७.३४ प्रतिशत घटेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १२ रुपैयाँ ३७ पैसा घटेर ६ रुपैयाँ ७४ पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ६७ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४७.८६ प्रतिशत बढेको छ भने जगेडा कोष ७८.५० प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी २.२१ प्रतिशत घटेको छ भने निक्षेप २१.५५ प्रतिशत र कर्जा १२.४५ प्रतिशत बढेको छ ।








