प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल बैतडीमा

1.55K
shares
Krishi Bikas Bank

काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बैतडी गएका छन् । संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनिहरु त्यहाँ गएका हुन ।

उनिहरुलाई संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका चुनावी प्रचार–प्रसार संयोजक तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरेन्द्रबहादुर कुँवर विजयसुन्दर लगायतले फूलमालासहित स्वागत गरे ।

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राखेर चुनावी सभाको आयोजना गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए ।


Krishi Bikas Bank
franklin 1200*150