टि–२० विश्वकप : पाकिस्तान फाइनलमा, न्युजिल्याण्ड ७ विकेटले पराजित

1.58K
shares
Krishi Bikas Bank

काठमाडौं, २३ कात्तिक । पाकिस्तान अष्ट्रेलियामा जारी टि–२० विश्वकप क्रिकेटको फाइनमा प्रवेश गरेको छ । सिड्नीमा भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान अन्तिम दुईमा पुगेको हो ।

न्युजिल्याण्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पुरागर्‍यो । उसका लागि ओपनर मोहमद रिजवाले ५७ र कप्तान बाबर आजमले ५३ रनको योगदान दिए । न्यजिल्याण्डका लागि ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारीत ओभरमा ४ विकेट गुमाएर १५२ रन बनाएको थियो । उसका लागि डेरिल मिचेलले सर्वाधिक ५३ रनको योगदान दिए । त्यस्तै कप्तान केन विलियमसनले ४६ रनेको योगदान दिए । न्युजिल्याण्डलाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका शाहिन अफ्रिदीले २ र मोहम्मद नवाजले १ विकेट लिए ।

पाकिस्तानले अब इंग्ल्याण्ड र भारत बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्ने छ । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।


Krishi Bikas Bank
franklin 1200*150