शेयर बजारमा सामान्य गिरावट, कारोबार भने १ अर्ब घट्यो
वि.सं.२०७९ कात्तिक २२ मंगलवार १५:१५
shares

काठमाडौं, २२ कात्तिक । साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचक २ दशमलव ५७ अंकले ओरालो लागेको छ ।
हिजो पनि सामान्य अंकले ओरालो लागेको शेयर बजार आज पनि ओरालो नै लागेको छ । मंगलबार नेप्से परिसुचक शुन्य दशमलव ५७ प्रतिशतले घटेर १९५६ दशमलव ३६ विन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव १२ अंकले ओरालो लागेको छ । आज भएका १८ हजार ४ सय ७२ कारोबारबाट २२६ कम्पनीका २७ लाख ७३ हजार ७ सय ३७ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४ सय ६७ पुगेको छ । हिजो अर्थात सोमबार भने कारोबार रकम बढेर २ अर्ब पुगेको थियो ।








