मंसिर महिना शुभ महिना हो, धेरै कम्पनीको मर्जर हुन्छ : अध्यक्ष सिलवाल

1.71K
shares
Krishi Bikas Bank

काठमाडौं, २२ कात्तिक । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मंसिर महिनामा धेरै बीमा कम्पनीको मर्जर हुने बताएका छन् । बीमा समितिलाई प्राधिकरणको रुपमा कार्य सुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले मंसिर महिनामा धेरै बीमा कम्पनी मर्जरमा जाने बताएका हुन् ।

बीमा प्राधिकरणसँग सहमति लिएर बसेका कम्पनीहरुले माघ महिनाभित्र एकीकृत कारोबार गर्नु पर्ने उनको भनाइ छ । ‘बीमा क्षेत्र ठूलो क्षेत्र हो, यो क्षेत्रमा नयाँ नयाँ परिवर्तनहरु आइरहेको अवस्था छ । सोही अनुसार नयाँ नीति नियममा पनि परिवर्तन भएर आउँनु परो,’ अध्यक्ष सिलवालले भने । पछिल्लो समय मानिसहरु पैसा जोगाउन लागेको भन्दै पैसा नजोगाएर देश धनी हुन नसक्ने उनको भनाइ थियो ।

‘कट पेष्ट गरेर बीमाको पोलिसि ल्याउने होइन्, एउटा कम्पनीले कम्तीमा एउटा नयाँ पोलिसि ल्याउनु परो । यसको अर्थ अनुसन्धानमा जानु पर्‍यो । र आफू पोलिसि ल्याउन सक्ने कम्पनी हो भन्ने देखाउनु पर्‍यो,’ उनले भने । राष्ट्र सुहाउँदो पोलिसि ल्याएको खण्डमा रेटिङ गर्दा पनि केही थप नम्बर दिने सकिने अध्यक्ष सिलवालको भनाइ थियो । अन्य सूचकमा ५ नम्बर आउँछ भने समय सुहाउँदो पोलिसिमा ५० अंक सम्म दिन सकिने उनले बताए ।


Krishi Bikas Bank
franklin 1200*150