नेप्से परिसुचक घटेपनि कारोबार भने दोब्बरले बढ्यो

1.39K
shares
Krishi Bikas Bank

काठमाडौं, २१ कात्तिक । साताको दोस्रो कारोबारको दिन नेप्से परिसुचक ६ दशमलव ४३ अंकले ओरालो लागेको छ । सोमबार नेप्से परिसुचक शुन्य दशमलव ३३ प्रतिशतले घटेर १९५८ दशमलव ९४ विन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसंगैं ‘क’ वर्गको कारोबार मापन गर्नै सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १९ अंकले घटेको छ । आज भएका ३५ हजार १ सय १२ कारोबारबाट २२४ कम्पनीका ४९ लाख ४४ हजार ७६ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज दिनभर कारोबार भएको सम्पूर्ण रकम २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३ सय ८४ पुगेको छ ।


Krishi Bikas Bank
franklin 1200*150