यी हुन् आज सबैभन्दा बढी कारोबार भएका कम्पनी

1.67K
shares
Krishi Bikas Bank

काठमाडौं, २० कात्तिक । आज नेप्से परिसुचक ४३ दशमलव २० अंकले वृद्धि भएको छ । आज दिनभर भएका २७ हजार ७ सय ६८ कारोबारबाट २२८ कम्पनीका ३९ लाख १३ हजार ५ सय ७३ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५ सय ६१ पुगेको छ । सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ । कम्पनीको १० करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एभरेष्ट बैंकको ७ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ६ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


Krishi Bikas Bank
franklin 1200*150