शेयर बजारमा उछाल, १ अर्ब ५४ करोडको कारोबार
वि.सं.२०७९ कात्तिक २० आइतवार १५:१७
1.55K
shares
shares

काठमाडौं, २० कात्तिक । साताको पहिलो कारोबारको दिन नै शेयर बजारमा उत्साहजनक सुधार आएको छ ।
आज नेप्से परिसुचक ४३ दशमलव २० अंकले वृद्धि भएको छ । आइतबार नेप्से परिसुचक २ दशमलव २५ प्रतिशतले वृद्धि भई १९६५ दशमलव ३६ अंकमा रोकिएको हो ।
नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव शुन्य ९ अंकले वृद्धि भएको छ ।
आज दिनभर भएका २७ हजार ७ सय ६८ कारोबारबाट २२८ कम्पनीका ३९ लाख १३ हजार ५ सय ७३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५ सय ६१ पुगेको छ ।








