पासपोर्ट आयातमै खर्च भयो साढे ५५ करोड

1.6K
shares
Krishi Bikas Bank

काठमाडौं, १९ कात्तिक । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले साढे ५५ करोड बढीको पासपोर्ट आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ५५ करोड ५२ लाख २६ हजार रुपैयाँको पासपोर्ट आयात भएको हो ।

यो गत आर्थिक वर्षको तुलनामा निकै बढी हो । गत आर्थिक वर्षको सुरुको तीन महिनाको अवधिमा नेपालले ४ करोड २२ लाख ३२ हजार रुपैयाँको पासपोर्ट आयात गरेको थियो । गत आर्थिक वर्षमा नेपालले १ अर्ब २२ करोड ४ लाख ७८ हजार रुपैयाँको पासोपोर्ट आयात गर्नु परेको थियो । गत आर्थिक वर्षभरीमा ५१ हजार ३३४ थान पासपोर्ट आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

राहदानी विभागले २०७७ सालको कात्तिकमा २० लाख थान ई–पासपोर्ट छपाईको जिम्मा फ्रान्सेली कम्पनी आइडीइएमआइए आइडेन्टी एन्ड सेक्युरेटी फ्रान्स एसएएसलाई दिएको थियो । विभागले तेस्रो पटक गरेको टेन्डरमा सबैभन्दा कम रकममा काम गर्ने भन्दै कबुल गरेको फ्रान्सेली कम्पनी एसएएसलाई दिएको थियो । विभागले छुटसहित २ करोड ११ लाख डरलरमा २० लाख थान ई–पासपोर्ट छपाईका लागि एसएएससँग सम्झौता गरेको थियो ।


Krishi Bikas Bank
franklin 1200*150