चुनावी युद्ध

2.99K
shares
Krishi Bikas Bank

एकले अर्कोलाइ
चोर औलो देखाउदै
ऊ भन्दा म राम्रो
त्यो भन्दा म गतिलो
भन्दैछ्न दिनहु यहाँ
आखिर को राम्रो ?
को असल ?
म परे अलमल

सबैलाई देख्छु झलमल
मान्छे त्यस्तै हुन कि
मेरा चर्मचर्छु यस्तै हुन
भेषभुषा
चालचलन
खानपान
रहनसहन
सबैको उस्तै

ब्यवहार काटीकुटी दुरुस्तै
तर पनि चर्कोचर्को स्वरमा
तछाडमछाड चलिराछ मैदानमा
जनतालाइ भर्म छर्न
गोवेवल्स शैलीमा
दोराइ तेराइ सुगा रटाइ छ

अर्कोलाइ खराब र खत्तम
आफुलाइ देखाउछ्न अब्बल र उत्तम
सकिनसकी कनीकनी

न्वारान देखिको बल लगाइ
जोडतोडले तिखा तिखा शब्द बाण
व्यंग्य र खिसिट्यौरिका क्षेप्यास्त्र
अनि भासणका ठुला ठुला बम बलास्ट

बुडुङ्ग बुडुङ्ग
यत्रतत्र सर्बत्र
को मर्छ को बाच्छ
को जित्छ को हार्छ
आजकाल
चलिरेछ चुनावी युद्ध !!

 


Krishi Bikas Bank
franklin 1200*150