विदेशिको चलखेलमा हिन्दुहरुको संख्या घटाउने काम भयो : विश्व हिन्दु महासंघ

2.86K
shares
Krishi Bikas Bank

काठमाडौं, १८ कात्तिक । विश्व हिन्दु महासंघले विदेशिको चलखेलमा नेपालमा हिन्दुहरुको संख्या कम देखाउने षड्यन्त्र भइरहेको अरोप लगाएको छ । काठमाडौंमा सम्पन्न धर्मसभाले पारित गरेको प्रस्ताव र निर्णयमा महासंघले यस्तो आरोप लगाएको हो ।

बिहिबार सम्मपन्न धर्मसभाले पारित गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा पछिल्लो जनगणनामा हिन्दुको संख्यामा विदेशिले चलखेल गरेर हिन्दुहरुलाई विभिन्न टुक्रामा खण्डित गर्ने कार्य गरिरहेको भन्दै महासंघले यसतर्फ ध्यान दिन आग्रह गरेको छ । यस विषयमा तथ्यांक विभागलाई बारम्बार जानकारी दिइएको र भन्दै ॐकार सम्प्रदायका भित्रका सबै सम्प्रदाय हिन्दु हुने भन्ने धर्म सभाको निष्कर्ष रहेको महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यी सहित सभाले विभिन्न ११ बुँदे प्रस्ताव पारित गरेको महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले जानकारी दिइन् ।

भण्डारीका अनुसार धर्मनिरीपेक्षता खारेजी, विश्वभरका हिन्दुहरुको परमाधिपति राष्ट्रका रुपमा नेपाल रहेकाले यसबाट विश्वसामु नेपालको पहिचान हुन सकेको, राजनीति र राष्ट्रसेवाको निर्देशक सिद्धान्तका रुपमा धर्मलाई अगाडी ल्याउनु पर्ने, साधुहरुको सर्वोच्च स्थानका रुपमा नेपाल रहेकाले यसलाई उच्च सम्मान गर्नु पर्ने निर्णय गरिएको छ ।

त्यस्तै हिन्दु धर्म जातीय एकता र सामाजिक सद्धावको प्रेरणा भएको, संस्कार र ज्ञानको परिपूर्ण हिन्दुहरुको पुरुत्थानका लागि उन्नत सचेतना, गुरुकुल र गौरक्षको विषय, पन्थहरुको अतिक्रमणबाट हिन्दु प्रद्धतिमा अतिक्रमण भएकाले यसलाई जोगाउन लाग्नु पर्ने र महासंघ मार्फत धर्म परिवर्तनको विरुद्धमा जागरण सञ्चालन गर्ने निर्णय गरिएको कार्यबाहक अध्यक्ष भण्डारीको भनाइ छ ।

महासंघले यी बाहेक पण्डित, ज्योतिषी, विद्वान, विदुषी जस्ता विधाका विज्ञहरुलाई उच्च सम्मान गर्ने तथा हिन्दु कार्यकर्ताहरुको आत्मबल बढाउनका लागि प्रशिक्षणको व्यवस्था गर्ने लगायत विभिन्न निर्णय गरेको छ ।

पछिल्लो समय देश निर्वाचनको माहोलमा होमिएको भन्दै सनातन धर्मको मूल मर्मबाट निर्देशित भएर अगाडी बढ्नका लागि पनि महासंघले सबै राजनीति दललाई आग्रह गरेको छ । राजनीतिक दलको पक्षपोषण नगर्ने भन्दै आएको महासंघले विद्यमान राजनीतिक व्यवस्थाले सनातन मूल्य मान्यता र जनभावनाको प्रतिनिधित्व गर्न नसकेको कार्यबाहक अध्यक्ष भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


Krishi Bikas Bank
franklin 1200*150