युनिलिभर नेपालले गर्यो लाभांश घोषणा

1.45K
shares
Krishi Bikas Bank

काठमाडौं, १६ कात्तिक । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि प्रति कित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कात्तिक १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सो बैठकले लाभांश वितरण प्रयोजनार्थ मंसिर ४ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने निर्णय पनि गरेको छ ।

यस अनुसार मंसिर १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन् ।


Krishi Bikas Bank
franklin 1200*150